Educational Information for Nepal

3rd year exam routine, 4th year Report, Accounting theory, BBS, BBs First Year, Class 11, Class 12, College Profile, Complete Summary on English grade 12, Cover Letter for Job, Cover page for bachelor Report, cv format, Daily Tips, Eassy, Economics, Essay, exam schedule of bachelor 3rd year, Field work report format, Field Work Report of bbs third year

Search here what you want in this blog

Friday, March 6, 2015

सफलताका १० सुत्रहरु - 10 Formula for Successful Life

  notesofnepal.blogspot.com       Friday, March 6, 2015

१.खतरा सँग नडराउनुहोस:

यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।
२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस:
"उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।
३ .खुसी रहने कोसिस गर्नुहोस:
आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।

४.लक्ष निर्धारण गर्नुहोस:
म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।
५.आफ्नो लक्षमा दृढ रहनुहोस:
आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस।
६.स्वास्थ्य प्रती ध्यान दिनुहोस:
जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।
७.केही कुरा पनी सिक्न पछी नपर्नुहोस:
आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।
८.एकताबद्द हुन सिक्नुहोस:
कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।
९.आराम गर्नु होस:
सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।
१०. असम्भव केही पनी छैन:
संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।
logoblog

Thanks for reading सफलताका १० सुत्रहरु - 10 Formula for Successful Life

Previous
« Prev Post

No comments:

Post a Comment

Comment here,,,,,,